विकास तथा प्रविधि समितिद्धारा भर्चुअल प्रविधिको प्रयोग गरि बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

विकास तथा प्रविधि समितिद्धारा भर्चुअल प्रविधिको प्रयोग गरि बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु



काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै स्तब्ध रहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचार गर्नका लागि सरकारले लकडाउन जारी रोखेको छ । लकडाउनको समयमा संघीय संसद, प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको काम कारवाही पनि लामो समयदेखी बन्द भएको छ ।

तर भर्चुअल प्रविधिको प्रयोग गरि सोमबारदेखी समिति सभापति कल्याणी कुमारी खड्काको संयोजकत्वमा समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुसँग अहिलेको समसामयिक विषयमा छलफल भएको छ ।

उक्त छलफलमा समितिको आगामी कार्ययोजनाका साथै तत्कालीन परिस्थितिका सम्बन्धमा समेत सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

छलफलमा उठेका मुख्य विषयहरु यस्ता छन्ः

१) विकास आयोजनामा काम गर्ने मजदुर, अनौपचारिक क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरहरुलाई खाद्यान्न लगायतका दैनिक अत्यावश्यक वस्तुहरुको अभाव देखिएको, उनीहरु हप्तौं हिडेर घर फर्किरहेका पिँडादायी दृष्यहरु देखिएकाले त्यस्ता नागरिकलाई यथास्थानमा अत्यावश्वक सम्पूर्ण खाद्यान्न लगायतका सामग्रीको तत्काल व्यवस्था गराउनुपर्ने तथा बाटोमा अलपत्र परेकाहरुलाई सुरक्षित तवरले घरसम्म जाने व्यवस्था मिलाउनुपर्ने ।

२) राष्ट्रिय गौरवका आयोजना तथा अन्य विकास आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार पारि निर्माण कार्यलाई अघि बढाउने ।

३) कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा उपलब्ध श्रोत साधनहरुको अधिकतम उपयोगद्धारा सरकारले काम गरिरहेको भएपनि तीन तहका सरकारहरुले कोरोना भाईरसबाट प्रभावित लक्षित (अति विपन्न र मजदुर) वर्गलाई राहतको व्यवस्थापन अझ प्रभावकारी बनाउनुपर्ने ।

४) पूँजीगत खर्च न्यून भइरहेको सन्दर्भमा वर्तमान परिस्थितिलाइ मध्यनजर गर्दै विकास निर्माणका कार्यलाइ अल्पकालिन, मध्यकालीन तथा दीर्घकालीन रुपमा पहिचान गरी आवश्यकताका आधारमा मोडालिटी तयार गरी रणनीतिक कार्य योजना बनाइ अगाडि बढाउनु पर्ने ।

५) निर्माण सामग्रीहरुको सहज उपलब्धताका लागि तिनै तहका सरकारहरुबीच उचित समन्वयको व्यवस्था गर्ने ।

६) कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारी तथा लकडाउनलाई सफल बनाउन घरमै बसि सहयोग गर्ने सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिने ।


प्रतिक्रिया दिनुहोस्