पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट « Arthapath.com
१० बैशाख २०७७, बुधबार

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट



जाजरकोट । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई मंगलबार राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।

कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो । खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ ।

घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए ।रासस


प्रतिक्रिया दिनुहोस्