प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् । अध्यदेशले पार्टी र पार्टीबाहिर पनि विरोध बढेपछि प्रधानमन्त्रीले फिर्ता लिने भएका हुन ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छ । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्