राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गरेकी छन्। ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो।

नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्य्विधि (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्