खुल्न थाले देशभरका उद्योग « Arthapath.com
२७ बैशाख २०७७, शनिबार

खुल्न थाले देशभरका उद्योग



काठमाडौँ। बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।

अभाव झेल्दै उद्योग

विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो । करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ ।

त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक ९मदिराबाहेक० क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् । पूर्ण सञ्चालन हैन, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडाले भने, उत्पादन कटौती गरेर सञ्चालनमा आएका छन् । कच्चा अभाव मात्रै नभई उत्पादित वस्तुको मागसमेत नभएपछि आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालनमा आइरहेका हुन् । कच्चा पदार्थ आयात गर्ने भारत तथा तेस्रो मुलुकमा समेत कोरोना सङ्क्रमणको प्रभाव छ ।

कच्चा माग गर्न र बजार अभावका कारण उत्पादन कटौती गर्नुपर्ने भएको हो । उद्योगीले सेवा क्षेत्रभित्रका ९स्थानीय० मजदुरलाई परिचालन गरेर तत्काल उद्योग सञ्चालन गर्ने भएका हुन् । बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई उपर्युक्त परिचालन गरिएको छ, अध्यक्ष मुन्दडाले भने, “उनीहरूको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापन गर्न समस्या हुन्छ । ” लामो समयसम्म बन्द भएका मेसिनको पुनः परीक्षण गरिरहेका छौँ, उद्योगी पवन सारडाले भन्नुभयो, आवश्यकता पर्ने र चल्नसक्ने उद्योग चल्लान् तर सबै उद्योग चलाउनसक्ने अवस्थामा छैनन् । उनका अनुसार अहिले स्टिल र वायर उद्योग चलाउनसक्ने अवस्था छैन ।

पूँजीगत खर्च न्यून रहेको र उधारो दिइसकेको सामानको भुक्तानी नभएको असर औद्योगिक क्षेत्रमा समेत परेको छ । बन्दाबन्दीले थप पीडा थपिदियो, उद्योगी सारडाले भने, हाम्रोमा सामान ढुवानीमा समेत विभिन्न प्रकारका समस्या छन् । उहाँका अनुसार २० देखि २५ प्रतिशत उत्पादन क्षमता प्रयोग गर्दा घाटा बेहोर्नुपर्छ तर पनि दैनिक आवश्यकताका उद्योग सञ्चालन गर्नुपर्ने दायित्वसमेत रहेको छ ।
सरकारको निर्णयलगत्तै करिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टिल र वायर्स उद्योगले मेसिन परीक्षणको प्रक्रिया सुरु गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्रै झन्डै छ सय उद्योग रहेका छन् ।गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्