एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द



काठमाण्डौ । एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै थप कडाइ गर्नुपर्ने भएकोले सबै गाडीका पास रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय भएको हो ।

काठमाण्डौ उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाइ गरिएको उनले बताए । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सूचना विभागको परिचयपत्रको आधारमा पत्रकारहरुलाई आवत जावत गर्न दिने निर्णय पनि भएको अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्