भारतमा एक लाख बढी कोरोना संक्रमित, एसियाकै सर्वाधिक संख्या « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

भारतमा एक लाख बढी कोरोना संक्रमित, एसियाकै सर्वाधिक संख्या



काठमाडौं । २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।

यो एशियामा सर्वाधिक सङ्ख्या हो। यसअघि चीनमा सर्वाधिक सङ्क्रमित थिए।

राज्य सरकारहरूले कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यो सङ्ख्या पुगेको हो।

भारतमा सङ्क्रमणको उत्कर्ष जुन महिनामा पुग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्