उत्तर कोरियाको सीमानजिक आउनेलाई गोली हान्ने आदेश « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

उत्तर कोरियाको सीमानजिक आउनेलाई गोली हान्ने आदेश



काठमाडौं । उत्तर कोरियाले चीनसँगको सीमामा आधा माइल पर पनि कसैलाई देखेमा तत्कालै गोली हान्ने आदेश आफ्ना सैनिकहरूलाई दिएको छ । कोरोनाभाइरस फैलिन नदिनका लागि उसले यस्तो कठोर आदेश जारी गरेको हो । गत बिहीवार मध्यरातदेखि यो नयाँ आदेश लागू गरिएको हो ।

होर्एयोङ शहरको प्रहरीले सीमामा देखापर्ने जोकोहीलाई जुनसुकै कारणले आएको भए पनि गोली हानेर मार्ने बताएको छ । चीनसँगको ८८० माइल लामो सीमाभरि यो नीति लागू गरिएको छ । महामारी अन्त्य नहुन्जेल यसलाई लागू गरिनेछ ।

सरकारले यो निर्मम नीति लागू गर्नका लागि प्रहरीलाई हातहतियार उपलब्ध गराएको छ । सीमा नजिक गोली हानेर कसैलाई मारेमा कुनै दोष नलगाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्