राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त



काठमाडौं । राष्ट्रपतिको सूचना सञ्चार विज्ञमा टीका ढकाललाई नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा ढकाललाई नियुक्त गरेकी हुन् ।

युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्