निषेधाज्ञा खुकुलो गर्ने, उपत्यकामा जोरबिजोर लागू गर्न सुझाव « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

निषेधाज्ञा खुकुलो गर्ने, उपत्यकामा जोरबिजोर लागू गर्न सुझाव



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्न उपत्यका मेयर फोरमले माग गरेको छ । यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरि केहि खुकुलो गर्न सुझाव दिएको छ । मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो ।

निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने, काठमाण्डौ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाइ गर्नुपर्ने, नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने फोरम सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्