२१ लाख रुपैयाँको पेट्रोल नष्ट हुने गरि ट्यांकर दुर्घटना शंकास्पद « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

२१ लाख रुपैयाँको पेट्रोल नष्ट हुने गरि ट्यांकर दुर्घटना शंकास्पद



काठमाडौं । आईतबार त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै नेपाल आयल निगमले नेपाल प्रहरीलाई छानबिन गर्न पत्राचार गरेको छ । असोज चार गते विहानै त्रिशुली नदिमा उक्त ट्यांकर खसेको थियो । उक्त विषयलाई लिएर धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरेको हो ।

नेपाल आयल निगमको थानकोट प्रादेशिक डिपोले दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए । थानकोट डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएकाले त्यसको आधिकारिक पुष्टि भने भईनसकेको डिपो प्रमुख यादवले बताए ।

असोज ४ गते विहानको दुई बजे नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो । दुवैजनालाई हिरासतमा लिएर अहिले गजुरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्