रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर बिहीबार राखिदै « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर बिहीबार राखिदै



काठमाण्डौ । निर्माणाधीन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर राखिने भएको छ ।आज गजुर राख्ने तयारी थियो । तर आश्यक तयारी नपुगेकाले अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

“आज राख्ने तयारी गरेका थियौ तर ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम रोकीयो अब आउदो बिहिबार राख्छौ ”प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरले बताए ।

अहिले गजुरलाई रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको एउटा कोठामा बालगोपालेश्वर मन्दिरको गजुरमा जलप लगाउने काम भइरहेको छ । ‘गजुर निकाल्दा र राख्दा गर्नुपर्ने पूजाको विधि छ’ उहाँले भन्नुभयो, ‘विधिअनुसार बिहीबार गजुर राखिने छ ।


सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुटशिखर शैलीमा बनेको छ ।


प्रतिक्रिया दिनुहोस्