प्रदेश ५ को राजधानी भालुवाङको पक्षमा कांग्रेसका ६ सांसदले पार्टी ह्वीप मानेन्, प्रदेशको नाम लुम्बिनी दुई तिहाईले पारित « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

प्रदेश ५ को राजधानी भालुवाङको पक्षमा कांग्रेसका ६ सांसदले पार्टी ह्वीप मानेन्, प्रदेशको नाम लुम्बिनी दुई तिहाईले पारित



काठमाडौं । मंगलबार भएको प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । प्रदेशसभामा काङ्ग्रेसका १९ सांदसमध्ये ६ सांसदले नेकपाले ल्याएको प्रश्तावको पक्षमा मत दिएको छ ।

मंगलबार भए दिउसो भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत खसेको थियो भने विपक्षमा ४ मतमात्रै खस्यो । अर्को विवादीत विषय बनेको प्रदेश राजधानीको दाङको भालुवाङ राख्ने पक्षमा नेपाली काङ्ग्रेसले पार्टी ह्वीप जारी गरेपनि ६ मत क्रस भएको छ । स्थायी राजधानीको पक्षमा ६९ मत खसेको छ । भने विपक्षमा १३ मतमात्रै परेको थियो । प्रदेशसभमा मुख्यमन्त्री शंकर पोखरेलले १६ असोजमा प्रदेशसभा प्रदेश स्थायी राजधानी र नामको प्रश्ताव पेश गरेका थिए ।

तत्कालीन कांग्रेस सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेको थियो । अहिले नेकपा नेतृत्वको प्रदेश सरकारले ल्याएको प्रश्तावको विपक्षमा मतदान गर्ने काङ्ग्रेसको तयारी थियो । प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गर्दै आन्दोलननै गरेको थियो ।

५ नं. प्रदेशको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीको ६१ सांसद, काङ्ग्रेसको १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन ।


प्रतिक्रिया दिनुहोस्