गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन



काठमाडौं । काष्कीको पोखरा महानगरपालिका ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले असोज २१ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा बुधबार बिहान गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रोफेसर डा. रबिन्द्र श्रेष्ठले एक समारोहका विच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने बैंकले जनाएको छ । मेडिकलमा उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सहजता कायम हुने बैकले आशा लिएको छ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न सक्ने छन् ।

काउण्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्