विश्वकै महंगो आईटी कम्पनी भारतको टाटा कन्सल्टेन्सी बन्यो « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

विश्वकै महंगो आईटी कम्पनी भारतको टाटा कन्सल्टेन्सी बन्यो



काठमाडौं । भारतको सबैभन्दा ठूलो सफ्टवेयर एक्सपोर्टर कम्पनी टाटा कन्सल्टेन्सी सर्विसेज विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको छ।

बिहीबार स्टक एक्सचेन्जमा उसको मार्केट क्याप १४४.७३ अर्ब डलर अर्थात १०.६० लाख करोड भारु पुगेको छ । पहिलोपटक टाटाले विश्व बजारमा नम्बर १ रहेको कम्पनी एक्सेन्चरलाई उछिनेको हो ।

नास्दाकमा एक्सेन्चरको मार्केट क्याप १४३.४ अर्ब डलर रहेको छ भने आइबिएमको मार्केट क्याप ११८.२ अर्ब डलर रहेको छ ।

बिहीबार टाटाको सेयर मूल्य ३.१९ प्रतिशतले बढ्दै प्रतिसेयर २८२५ भारु कायम भएकोमा बम्बे स्टक एक्सचेन्जमा उसको मार्केट क्याप १४४.७३ अर्ब डलर कायम भएको थियो ।

कपनीको १६००० करोड भारुको बाइब्याक योजना पनि सार्वजनिक भएको छ । कम्पनीले प्रतिसेयर १२ भारु लाभांश पनि दिइरहेको छ । वार्षिक आधारमा हेर्दा सेप्टेम्बर त्रैमासमा कम्पनी रेभेन्यू ३ प्रतिशतले वृद्धिसमेत भएको छ ।द इकोनोमिक टाईम्स


प्रतिक्रिया दिनुहोस्