‘‘सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहार संग” योजना सार्वजनिक
काठमाडौं । देश तथा विदेशमा रहि कमाएको मेहनतको कमाई प्रभु मनि ट्रान्सफरले सुरक्षित आफ्ना ग्राहकलाई आफ्नै परिवार समक्ष सुरक्षित तरिकाले प्राप्त गराउदै आएको छ ।
विश्वव्यापी कोरोना महामारिका बिचमा पनि प्रभु मनि ट्रान्सफरले आफ्ना सन्तुष्ट ग्राहकहरुलाई मध्यनजर गर्दै यस बर्ष नेपालीहरुको महान चाडमा प्रभुले कोरोनालाई मध्यनजर गर्दै ‘‘सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहार संग” नामक स्किम योजना ल्याएको छ ।
यस योजना अन्र्तगत विदेशबाट नेपालमा रकम पठाउने तथा प्राप्त गर्ने दुवै लाभान्वित हुनेछन् । यस स्किममा ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभु टिभी सेटटप बक्स पाउनेछन्, भने साथमा प्रभु क्यापिटलमा प्रभु बैंकको डि-म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाईल वालेटमा रु. ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बर्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुनेछ ।















