प्रहरी जवान रामबहादुरको शव पनि मोहना नदी नजिकै भेटियो « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

प्रहरी जवान रामबहादुरको शव पनि मोहना नदी नजिकै भेटियो



काठमाडौं । दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ ।
प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा भेटिएको छ ।गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो। सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो। प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्