अत्यावश्यक नभई घरबहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

अत्यावश्यक नभई घरबहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाएर जो जहाँ भएको अवस्था छ सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको छ ।

अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गरेका हुन्। निस्कन परेमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्