कक्षा १२ को परीक्षा ९ मंसिरबाट « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

कक्षा १२ को परीक्षा ९ मंसिरबाट



काठमाडौं । नोवेल कोरोना भाइरस कोभिड–का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएके छ ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।


राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ। कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्