बुधबार एकैदिन थप ५ हजार ७ सय ४३ जनालाई कोरोना, हालसम्मकै सर्वाधिक २६ जनाको ज्यान गयो « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

बुधबार एकैदिन थप ५ हजार ७ सय ४३ जनालाई कोरोना, हालसम्मकै सर्वाधिक २६ जनाको ज्यान गयो



काठमाडौं । बुधबार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ५ सय ५ जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको डा गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्