कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा थप २ जनाको ज्यान गयो « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा थप २ जनाको ज्यान गयो



काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको हिजो राती ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
कैलालीका ६० वर्षीय पुरुष कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे ज्यान गएको हो ।

यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्