कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य मण्डलको ज्यान गयो « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य मण्डलको ज्यान गयो



काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण ज्यान गएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।

उनलाई गएको शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं १ का सभापति विजयशंकर यादवले बताए ।

वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।


प्रतिक्रिया दिनुहोस्