पाँच मिनेट अन्तरमा श्रीमान श्रीमतीको मृत्यु, एउटै चितामा अन्त्येष्टि

काठमाडौं । धनुषाको शहिदनगर नगरपालिकामा सोमबार ५ मिनेटको अन्तरालमा एक दम्पत्तिको मृत्यु भएको छ ।
शहिदनगर नगरपालिका–१ थित कुम्भकर्ण टोलमा बस्ने ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान अन्दाजी पौने ८ बजे मृत्यु भएको थियो । त्यसको करिब ५ मिनेट मै उनकी ८८ वर्षीया पत्नी सुमित्रादेवी यादवको मृत्यु भएको हो ।
स्थानीयवासीका अनुसार यादव दम्पत्तिले सदाझैँ बिहान उठेर नित्यकर्म गरेका थिए । एक्कासी रामखेलावनले छोरालाई छाती दुखेको जानकारी गराए ।
तत्कालै छोरा उपेन्द्र औषधि लिनका लागि जनकपुर तर्फ हिँडे । यसबीचमै रामखेलावनको मृत्यु भयो । पतिको अचानक मृत्यु भएपछि सुमित्रादेवी अचेत भइन् । अचेत अवस्थामै उनको पनि निधन भयो ।
उनीहरु दुवैको एक साथ अन्त्येष्टि गरिएको स्थानीयले जनाएका छन ।