आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, इसेवा र एसएमएसबाट भोट गर्न सकिने « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, इसेवा र एसएमएसबाट भोट गर्न सकिने



काठमाडौं । आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।

गत कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युजक्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड-१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन । राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रकृया विगत २ महिनादेखि जारी छ । अन्य विभिन्न ७ विधामा दोश्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण समेत आयोजकले जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआइटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो, आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ ।

कसरी गर्ने भोटिङ ?

विभिन्न ४ विधाको लागि उत्कृष्ट ५ मा छानिएका प्रतिस्प्रधीलाई भोट गर्न इसेवा, इमेल वा एसएमएसको प्रयोग गर्नुपर्नेहुन्छ । इसेवाबाट भोट गर्नको लागि मोवाइलमा इसेवा एप्लिकेशन डाउनलोड गरी आइसिटी अवार्डमा गएपछि विभिन्न ४ विधाहरु खुल्नेछन । आफुले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट ५ मध्ये कसलाई भोट गर्ने छनौट गरी भोट बुझाउन सकिनेछ ।
एसएमएसबाट भोट गर्नको लागि मोवाइल म्यासेज बक्समा ICT लेखेर प्रतिस्प्रिधीको भोटिङ कोड उल्लेख गरी ३३००१ मा म्यासेज पठाउन सकिनेछ । यसैरी इमेल तथा फेसबुकबाट भोट गर्नको लागि voting.ictaward.org मा गएर आफुले चाहेको प्रतिस्प्रधिलाई भोट गर्न सकिनेछ । सबै प्लाटफर्ममा एउटा प्रतिस्प्रधीलाई एक दिनमा एउटामात्र भोट गर्न सकिनेछ । भोटिङ मसिंर १५ गतेसम्म सञ्चालन हुनेछ । वेबसाइट ictaward.org/vote मा गएर भोटिङको बारेमा विस्तृत जानकारी लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्