कोरोनाबाट हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं । कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । होटल एसोसियसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको कोरोना भाइरस संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको हो ।
दसैंपछि कारोना संक्रमण भएका शाक्यको शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो । नेपालका पुराना होटल व्यवसायी शाक्य अमर होटलका सञ्चालक हुन् ।
कोरोना संक्रमण भएपछि उनको ओम अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणसंगै उनलाई निमोनिया रोग लागेको थियो ।