सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा



काठमाडौं । कोरोनाको कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले Digital Banking लाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता (Century Sahaj Khata) र सेञ्चुरी क्लीक एकाउन्ट (Century Click Account) भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा शुरु गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु Digitally खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ Digital Banking लाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० बराबर Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक Verification code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्