बीमा समिति अध्यक्षबाट सपथ लिए गुराँस लाइफका नवनिर्वाचित अध्यक्ष दुगडले « Arthapath.com
८ मंसिर २०७७, सोमबार

बीमा समिति अध्यक्षबाट सपथ लिए गुराँस लाइफका नवनिर्वाचित अध्यक्ष दुगडले



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्का नव नियुक्त अध्यक्ष विवेक दुगडले सपथ लिएका छन् ।गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मंसिर ४ गते दशौं वार्षिक साधारण सभाबाट सम्पन्न भए पश्चात सोहि दिन बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाइ चयन गरेको थियो ।

उनले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज सोमबार साढे ११ बजे बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् ।

सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्