कोरोना बीमाः साढे २ अर्बको दावी, ३१ करोड मात्रै भुक्तानी
काठमाडौं । गत वैशाख ६ गतेदेखि बीमा समितिले कोरोना बीमा नामक बीमा पोलिसी बिक्री गर्न कम्पनीहरूलाई निर्देशन दियो । बीमा समितिले सस्तो लोकप्रियताका लागि संसारमै कहीँ नभएको महामारीको बीमा पोलीसी ल्याएको भन्दै आलोचना भइरहेको छ । तर समितिले भने गरिब जनतालाई राहत मिलोस् र बीमा संकटको साथी होस् भन्ने आभाष दिलाउन यस्तो पोलीसी ल्याइएको बताउँदै आएको छ ।
संक्रमितको संख्या ह्वारह्वार्ती बढ्न थालेपछि अहिले उक्त पोलीसी बीमा समिति र कम्पनीहरूलाई निल्नु न ओकल्नु भएको छ । यो सातासम्म १७ लाख ९ हजार ८५६ जनाले कारोना बीमा गरिसकेका छन् । १७ लाख ६ हजार ८५६ जनाले कारोना बीमा गर्दा ९८ करोड ४९ लाख ९० हजार ८०८ रुपैयाँमात्रै प्रिमियम संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीले गरेको कोरोना बीमामा अहिलेसम्म दाबी भुक्तानी पाएका छन् । ३ हजार ४४२ जनाले ३१ करोड १३ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी लिइसकेका छन् । कम्पनीहरूले कोरोना बीमाको नाममा ९८ करोड ४९ लाख ९० हजार ८०८ रुपैयाँमात्रै प्रिमियम संकलन गर्दा २ अर्ब २२ करोड ३४ लाख रुपैयाँ दाबी परेको छ ।
बीमा समितिले कोरोना लाग्नेलाई दावी भुक्तानी गर्न भनेर ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा पोलिसी जारी गरेको हो । तर, बुधबारसम्म १९ हजार ७११ जनाले दाबी भुक्तानी पाउन सकेका छैनन् । २० वटा निर्जीवन बीमा कम्पनीहरूले १९ हजार ७११ जनाको १ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी नगरी रोकेर राखेका छन् ।
कम्पनीहरूले दाबी भुक्तानी प्रक्रिया सुस्त गरेको र बीमा समितिले खासै चासो नदेखाएपछि अघिल्लो साता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोरोना बीमाको दाबी भुक्तानी गर्न निर्देशन दिएपछि कोरोना बीमाको दाबी भुक्तानी केही सहज भएको छ । सेयरबजारबाट