वाणिज्य बैंकहरुमा पुनर्बीमा कम्पनीले लगानी गर्ने « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

वाणिज्य बैंकहरुमा पुनर्बीमा कम्पनीले लगानी गर्ने



काठमाडौं । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आफूसँग रहेको लगानीयोग्य रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमा लगानी गर्ने जानकारी गराएको हो । कम्पनीले त्यस्ता बैंकमा १ वर्ष वा २ वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको छ । कोटेसन बुझाउने अन्तिम मिति मंसिर १५ गतेसम्म तोकिएको छ


प्रतिक्रिया दिनुहोस्