एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन, कति छ ?

काठमाडौं । एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।