नेप्से ६४.७० अंकले बढेर हालसम्मकै १८८१ अंक नजिक, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार « Arthapath.com
१० मंसिर २०७७, बुधबार

नेप्से ६४.७० अंकले बढेर हालसम्मकै १८८१ अंक नजिक, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६४.७० अंकले बढेर १,८७४.८१को विन्दुमा कायम भएको छ । होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । बुधबार १९६ कम्पनीको १ करोड ४७ लाख ९३ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनी प्रमोटरको ४२ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्योरेन्स २९ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, एनएमबी लघुवित्त र विशाल बजारको शेयर १० प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डको शेयर ३.६८ प्रतिशतले घटेको छ । बुधबार सेयर बजारमा यो अहिलेसम्मकै उच्चतम अंक १८८१ नजिक पुग्न ७ अंक मात्रै कम भएको हो ।


प्रतिक्रिया दिनुहोस्