भारतीय ज्वाइन भेञ्चर एलआइसि नेपालले १०.५२ प्रतिशत लाभांश दने « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

भारतीय ज्वाइन भेञ्चर एलआइसि नेपालले १०.५२ प्रतिशत लाभांश दने



काठमाडौं । भारतीय ज्वाइन भेञ्चर एलआइसि नेपालले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

संचालक समितिको बुधबार बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँबाट हुन आउने रकमको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्