महासंघका नव निर्वाचित पदाधिकारीले आजै पदभार ग्रहण गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीले आज नै पदभार ग्रहण गर्ने भएका छन् । आइबार साँझ पदभार ग्रहण गर्ने समय तोकिएको छ । अध्यक्ष शेखर गोल्छा सहित नवनिर्वाचित पदाधिकारीले आगामी कार्यकालका लागि उनीहरुले पदभार गर्ने भएका हुन् । पदभार ग्रहण कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई महासंघको लोगो प्रदान गरिने छ ।
नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालले प्रतिस्प्रधि किशोर प्रधानलाई फराकिलो अन्तरले पराजित गरेका छन । ढकालले ३० प्रतिशत मतभार हुने एशोसिएटमा ५२२ मत पाउँदा प्रधानले ३७५ मत पाएका छन ।
ढकालले २० प्रतिशत मतभार भएको वस्तुगतमा ढकालले ५९ मत पाए भने प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ढकाललाई केही कम मत पाएका छन । जिल्ला नगरमा ढकालले ५२ मत पाए भने प्रधानको ५३ मत प्राप्त गरेका थिए । जिल्ला नगरतर्फको उपाध्यक्षमा भने प्रधान समुहका दिनेश श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठले ५८ मत पाए भने ढकाल समुहका गुणनिधि तिवारीले ४७ मत मात्र पाएका थिए ।
एशोसिएटतर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई निर्वाचित भएका छन । एशोसिएटमा ८९० मत खसेकोमा संघाईले ४५५ मत ल्याए भने किशोर प्रधान प्यानलका सौरभ ज्योतीले ४३४ मत ल्याएका थिए ।
१०१ मत खसेको बस्तुगत तर्फको उपाध्यक्षमा प्रधान समुहका अन्जन श्रेष्ठ निर्वाचित भएका छन । प्रधान प्यानलका श्रेष्ठले ६२ मत ल्याएर विजयी भए भने ढकाल प्यानलका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए । उता जिल्ला नगर समुहबाट केन्द्रीय सदस्यमा प्रधान समुहले बहुमत सदस्य जितेको छ । जसमा ढकाल पक्षबाट ७ जना र प्रधान समुहबाट ११ जनाले जित हात पारेका छन ।
१०५ मत रहेको जिल्ला नगरबाट निवार्चित हुने राजन श्रेष्ठले ७९, तारानाथ घिमिरेले ७२, शोभकान्त पौडेलले ७०, कमल श्रेष्ठले ६९, गजेन्द्र भगतले ६८, चक्र बहादुर अधिकारीले ६७, अरुण सुमार्गीले ६६, देवकुमार श्रेष्ठले ६५, रामेश्वर मानन्धरले ६३, कमनबहादुर खड्काले ६२, सुरकृष्ण वैद्यले ६१, कुबिरकुमार श्रेष्ठले ५८, डिबी बस्नेतले ५८, उमेश डालमियाले ५३, किशोरकुमार आचार्यले ५२, महेन्द्रकुमार श्रेष्ठले ५४, अमृत भट्टचनले ५१ मत र गोपाल कौडियाले ५५ ल्याएर निर्चाचित भएका छन ।
त्यसैगरी वस्तुगत समुहमा नरेशलाल श्रेष्ठले ७२, सुमित कुमार केडियाले ६६, आकाश अधिकारीले ४९, प्रकाश सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, सुबोधकुमार गुप्ताले ५५, हेमराज ढकालले ५५, अरनिको राजभण्डारीले ६४, गोबिन्द ढुंगेलले ५०, मनिषलाल प्रधानले ६०, मीनमान श्रेष्ठले ६७, विष्णुप्रसाद गैरेले ५१, सन्दिपकुमार अग्रवालले ५१ र सुकुन्तलाल हिराचनले ५५ मत प्राप्त गरेका छन ।
यस्तै एसोसिएट सदस्यहरुमा अम्बिकाप्रसाद पौडेलले सबैभन्दा बढी मत ल्याएका छन । पौडेलले ८०२, अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल ७३३, शैलेन्द्र गुरागाई ६६५, सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९ मत ल्याएर निर्वाचित भए । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबरी ४९७ मत ल्याएपछि गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ ।
२ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भए भने गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याई निर्वाचित भएका छन । लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत ल्याई बिजयी भए भने कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत ल्याएर विजयी भए । सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कमरले ८ मत प्राप्त गरेर विजयी बने