कुमारि बैंकको सेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

कुमारि बैंकको सेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कुमारी बैंकको सेयर मूल्य समायोजना गरेको छ । कम्पनप्ले साधारण सभा तथा लाभांश वितरण बुकक्लोज गरेसंगै समायोजना गरिएको हो । कुमारी बैंकको १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ । बैंकको हिजोको अन्तिम कारोबार मूल्य अर्थात ३०३ रुपैयाँमा मूल्य समायोजन भएको हो ।

कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ । बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा डाकेको हो ।


प्रतिक्रिया दिनुहोस्