एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन दिने आज « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन दिने आज



काठमाडौं । एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंक कोष प्रबद्र्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले मंसिर १२ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको छ । यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्