श्रीमतीलाई तातो तेल खन्याउने धादिङका परियारलाई अदालतले पठायो थुनामा « Arthapath.com
१८ असार २०८२, बुधबार

श्रीमतीलाई तातो तेल खन्याउने धादिङका परियारलाई अदालतले पठायो थुनामा



काठमाडौं । श्रीमतीलाई मार्ने उद्देश्यले तातो तेल खन्याउने धादिङका २४ वर्षीय अश्विन परियारलाई धादिङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।


हिजो मंगलबार जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने दिएको हो । घरायसी विवाद भएपछि अश्विनले नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई अनुहार तथा शरीरमा तातो तेल खन्याएर मार्न खोजेका थिए। घटनालगत्तै फरार भएका उनलाई प्रहरीले पक्राउ गरेर अदालत पेश गरेको हो ।

घरमा बसिरहेका बेला तातो तेल खन्याएपछि पुजा सख्त घाइते भएकी थिइन्। पुजाको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको थियो। घाइते कीर्तिपुर मोडेल अस्पतालमा उपचारपछि धादिङ फर्किएकी छन्। । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको थियो। जिल्ला अदालतले पुजाकी सासु सीता परियार र र ससुरा सुजन परियारलाई जनही १ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्