बुधबार थप १४ सय ९० जनामा कोरोना , १ हजार ५ सय ६७ जना संक्रमणमुक्त « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

बुधबार थप १४ सय ९० जनामा कोरोना , १ हजार ५ सय ६७ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्