छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्