नुवाकोटकि थापाको बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट ज्यान गयो « Arthapath.com
१२ पुष २०७७, आईतवार

नुवाकोटकि थापाको बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट ज्यान गयो



काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रुको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट सूर्यगडी गाउँपालिका २ की ४६ वर्षीया बाटुलीदेवी थापा रहेको प्रहरी जानकारी दिएको छ ।

शनिबार दिउँसो पासिकोट ओरालोमा ना ५त ६२०८ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेको थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।

ट्याक्टर चालक रामेछाप मन्थल ७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका भएको प्रहरीले जनाएको छ । खड्काको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्