प्रुडेन्सियल रि-इन्स्योरेन्समा एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गर्ने « Arthapath.com
११ माघ २०७७, आईतवार

प्रुडेन्सियल रि-इन्स्योरेन्समा एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गर्ने



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रुडेन्सियल रि–इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले प्रस्तावित प्रुडेन्सियल रि–इन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई लगानी गर्ने भएको हो ।

हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले उक्त रि–इन्स्योरेन्समा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीको बैठक गत माघ ८ गते बसेको थियो । सो बैठकले उक्त रि–इन्स्योरेन्स स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडालाई अख्तियारी दिएको छ । यसका साथै, उक्त प्रकृयामा हस्ताक्षर लगायत अन्य आवश्यक जुनसुकै कार्य गर्न गराउनका लागि सीईओ खतिवडालाई सम्पूर्ण अख्तियारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्