नेप्सेमा रेकर्ड नै रेकर्डः सर्वाधिक विन्दुमा उक्लियो, कारोबार रकम पनि हालसम्मकै उच्च « Arthapath.com
११ माघ २०७७, आईतवार

नेप्सेमा रेकर्ड नै रेकर्डः सर्वाधिक विन्दुमा उक्लियो, कारोबार रकम पनि हालसम्मकै उच्च



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐहिासिक रेकर्ड कायम भएको छ । साताको पहिलो दिन नेप्सेमा रेकर्ड कायम भएको हो । हालसम्म कै उच्च बीन्दुमा पुगेर नेप्सेले रेकड बनाएको हो । यस अघिका सबै रेकर्ड तोड्दै नेप्समा नयाँ किर्तीमानि कायम भएको छ । त्यस्तै नेप्सेमा सर्वाधिक कारोबार भएर पनि कारोबार रकममा पनि रेकर्ड तोडेको हो ।

आइतबार नेप्से परिसूचक ५०.२० अंकले बृद्धि भएर नयाँ रेकर्ड बनाउँदै २४२४.८४ अंकमा बन्द भएको छ । यहिक्रममा बढ्ने हो भने नेप्सले २५ सय अंक पनि छिट्टै पार गर्ने देखिएको हो । त्यस्तै, आईतबार २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर ७९ हजार ४९८ पट किनबेच हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार भएको हो ।

आइतबार ट्रेण्डिङ समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । आइतबार निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक २२१.६ अंकले कमाए भने ट्रेण्डिङ समूहका लगानीकर्ताले ७३.३५ अंकले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्