मोलुङ्ग हाइड्रोले आइपीओ निष्कासन गर्न साधारण सभा बोलायो « Arthapath.com
१२ माघ २०७७, सोमबार

मोलुङ्ग हाइड्रोले आइपीओ निष्कासन गर्न साधारण सभा बोलायो



कामठाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको ११ औं वार्षिक साधारण सभा फागुन ६ गते, बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय,रविभवन, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने छ । आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गर्ने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गर्ने छ ।

यसका साथै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्