सुनको मूल्यमा निरन्तर गिरावटः चाँदीको मूलय २ दिन स्थिर, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१२ माघ २०७७, सोमबार

सुनको मूल्यमा निरन्तर गिरावटः चाँदीको मूलय २ दिन स्थिर, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार चाँदीको मूलय तोलामा स्थिर रहेर १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १५ रुपैयाँमा घटेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्