प्रभुु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा सञ्चालन « Arthapath.com
१२ माघ २०७७, सोमबार

प्रभुु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा सञ्चालन



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि आज माघ १२ गते देखि “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ ।

सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाईन डिम्याट खाता सम्बन्धी सेवा (Online Demat Account), क्यापिटलको प्रोडक्ट तथा सेवाहरु (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचना (News & Notice) को जानकारी ग्राहकहरुले सहज रुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ ।

साथै प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्