सानिमा बैंकको खुद नाफा ७.९८ प्रतिशतले घट्यो, चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ « Arthapath.com
१४ माघ २०७७, बुधबार

सानिमा बैंकको खुद नाफा ७.९८ प्रतिशतले घट्यो, चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको यस अवधिमा ७.३८ प्रतिशत कम नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा सिमित भएको छ । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ छ ।

त्यस्तै, यस अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ जम्मा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड, जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ जम्मा रहेको थियो ।

बैंकले यस अवधिमा निक्षेप संकलने भने २.७९ प्रतिशत बढाएर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ र कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ प्ुगाएको छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्