नेपाल बैंकको नाफा सामान्य घटेपनि अन्य सूचकमा भने चम्कियो, जगेडा कोषमा १५ अर्ब ५९ करोड रुपैयाँ « Arthapath.com
१४ माघ २०७७, बुधबार

नेपाल बैंकको नाफा सामान्य घटेपनि अन्य सूचकमा भने चम्कियो, जगेडा कोषमा १५ अर्ब ५९ करोड रुपैयाँ



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम नाफा आर्जन गरेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको कर खर्च १३ करोड २४ लाख रुपैयाँ बढेपछि खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ, बैंकको सञ्चालन मुनाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ र खुद ब्याज आम्दानी ४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ हुँदा जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब १० करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ४८ अर्ब रुपैयाँ छ । कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्