आम्दानी बढेपछि गरिमाको नाफा र शेयर आम्दानी पनि बढ्यो, अन्य सूचकमा फड्को मार्दै « Arthapath.com
१४ माघ २०७७, बुधबार

आम्दानी बढेपछि गरिमाको नाफा र शेयर आम्दानी पनि बढ्यो, अन्य सूचकमा फड्को मार्दै



काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा २०.९१ प्रतिशत बढी नाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ४.५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ, सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ६८ लाख २६ हजार रुपैयाँबाट बढेर २१ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ४२ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ५ करोड रुपैयाँ र कर्जा ३४ करोड ८६ लाख रुपैयाँबाट बढेर ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको, जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ, शेयरधनी कोषमा ७२ करोड २६ लाख रुपैयाँ र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी त्यती नै हुँदा जगेडा कोषमा ६३ करोड ७५ लाख रुपैयाँ, शेयरधनी कोषमा ४७ करोड ३ लाख र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ थियो । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १० पैसा रहेकोमा बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्