प्राइम कमर्शियल बैंकको नाफामा छलाङ, ३९.४० प्रतिशत बढी नाफा आर्जन गर्यो, खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड « Arthapath.com
१५ माघ २०७७, बिहीबार

प्राइम कमर्शियल बैंकको नाफामा छलाङ, ३९.४० प्रतिशत बढी नाफा आर्जन गर्यो, खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड



काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा बैंकले ३९.४० प्रतिशत बढी नाफा आर्जन गरेको हो । त्यस्तै, यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ र सञ्चालन मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ रहेको र रिटेन्ड अर्निङ्गमा १ अर्ब ३७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ८८ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्ष यस अवधिमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ १५ पैसा रहेकोमा घटेर २२ रुपैयाँ ५५ पैसा छ । यस अवधिमा निक्षेप १ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ, कर्जा लगानी १ खर्ब १० अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ खर्ब १९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्