सेन्चुरी बैंकको नाफामा २८.२५ प्रतिशतले गिरावट « Arthapath.com
१५ माघ २०७७, बिहीबार

सेन्चुरी बैंकको नाफामा २८.२५ प्रतिशतले गिरावट



काठमाडौं । सेन्चुरी कमर्शियल बैंक लमिटेडले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२५ प्रतिशत कम नाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य मुनाफा २५ करोड ४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खुद व्याज आम्दानी २०.१३ प्रतिशतले घटेर १ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ३०.३४ प्रतिशतले घटेर ६३ करोड ४४ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यहि अवधिमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ८३ अर्ब ७८ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७० करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको पुस मसान्तमा १५ रुपैयाँ ४५ पैसा रहेकोमा बैंकको प्रतिशेयर आम्दानी यस अवधिमा घटेर १० रुपैयाँ ३३ पैसामा सीमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्