नबिल बैंक र नेपाल महिला उद्यमी महासंघविच भयो यस्तो सम्झौता « Arthapath.com
१५ माघ २०७७, बिहीबार

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघविच भयो यस्तो सम्झौता



काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पु¥याउनेछ । यसका साथै ती उद्यमीहरुले FWEAN बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुबित्त, नबिल बैंक र रीता सिम्हा, अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल) ले भने “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पह“ुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले FWEAN को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ ।

नबिल बैंकको देशभर १ सय १९ वटा शाखा कार्यलयहरु, १ सय ८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्